

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले गत २०८३ साल जेठ २७ गते उक्त सूची प्रकाशित गरेको हो। यसअघि २०८३/०१/१५ गते गोरखापत्रमा सूचना प्रकाशित गरी उक्त पदका लागि आवेदन माग गरिएको थियो।
प्रकाशित सूचीमा नाम वर्णानुक्रमअनुसार सात जना चिकित्सक रहेका छन्। उनीहरूमा क्रमशः:
डा. अजय कुमार झा (धनुषा)
डा. जया श्रेष्ठ (चितवन)
डा. भावना वाग्ले (चितवन)
डा. योगेन्द्र प्रसाद सिंह (सर्लाही)
डा. लक्ष्मी नारायण सिंह (महोत्तरी)
डा. बिजय चन्द्र आचार्य (चितवन)
डा. विश्वराम पौडेल (रामेछाप)
मन्त्रालयले उक्त चिकित्सकहरूका लागि अन्तर्वार्ताको मिति र स्थानबारे जानकारी सहितको सूचना २०८३ साल असार ०१ गते कार्यालय समयभित्र प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
इच्छुक एवं सम्बन्धित चिकित्सकहरूले मन्त्रालयको इमेल ठेगाना ppmd.phop@gmail.com मा वा प्रत्यक्ष रूपमा नीति, योजना तथा अनुगमन महाशाखा अन्तर्गतको चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखामा आवश्यक कागजात बुझाउन सक्ने मन्त्रालयले जनाएको छ।
सम्बन्धित सबैलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















