06/10/2026, 21:28:15
बुधबार, जेठ २७, २०८३
आइसिसी प्लेयर अफ दि मन्थ

कप्तान दीपेन्द्र ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा


काठमाडौँ, जेठ २७ गते । नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्नुभएको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा पर्नुभएको हो ।

उहाँसँगै यस अवार्डको मनोनयनमा बङ्गलादेशका मुस्फिकुर रहिम र तैजुल इस्लाम रहनुभएको छ । आइसिसीले दर्शकको मतका आधारमा विजेता घोषणा गर्नेछ ।