

काठमाडौँ, जेठ १४ गते । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) का कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।
उच्च सरकारी प्रशासन स्रोतका अनुसार प्रा. डा. रेग्मीले मंगलबार मुख्य सचिवसमक्ष राजीनामा बुझाएका थिए। उनको राजीनामा बुधबार स्वीकृत भएको हो।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञसमेत रहेका प्रा. डा. रेग्मी २०८१ फागुन २८ गते अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
यसअघि सरकारले विभिन्न निकायमा अघिल्ला सरकारको कार्यकालमा भएका नियुक्ति खारेज गर्ने निर्णय गरेपछि एकमुष्ट रूपमा धेरै पदाधिकारी पदमुक्त भएका थिए। कार्यविधि तथा नियमावलीमार्फत भएका कतिपय नियुक्ति तत्कालीन निर्णयमा नसमेटिए पछि मार्ग प्रशस्त गर्न निर्देशनसँगै पछिल्लो समय अघिल्लो निर्णयले नसमेटेका पदाधिकारीहरूले स्वेच्छिक रूपमा राजीनामा दिने क्रम जारी रहेको सरकारी अधिकारीहरू बताउँछन्।
प्रा.डा. रेग्मीको राजीनामापछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको दैनिक प्रशासनिक कामकाज सञ्चालनका लागि डा. रविप्रकाश शर्मालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाइएको छ।
सरकारले सार्वजनिक निकायका नेतृत्व तहमा पुनर्संरचना तथा प्रशासनिक व्यवस्थापनलाई निरन्तरता दिने सन्दर्भमा पछिल्ला नियुक्ति र जिम्मेवारी हेरफेरलाई अघि बढाइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































