05/28/2026, 13:15:00
बिहिबार, जेठ १४, २०८३

दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश


काठमाडौँ, जेठ १४ गते । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ ।

इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । हेजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लङ्घन गरेको भन्दै आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।

 

हिजबुल्लाहले भने इजरायलमाथि नै युद्ध विराम तोडेको आरोप लगाएको छ । हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो ।

त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताए ।

आईडीएफले नौ वटा ठाउँ खाली गर्न आदेश दिएपछि इजरायल–लेबनान सीमामा ठूलो सैन्य तनावको खतरा बढाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..