05/27/2026, 18:48:14
बुधबार, जेठ १३, २०८३

युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै ‘एयर इन्डिया’


नयाँदिल्ली, जेठ १३ गते । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडान घटाउने बताएको छ । फेब्रुअरी-२८ मा तेहरानमा भएको अमेरिकी-इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढेको छ ।

प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचभन्दा बढी घरेलु उडान प्रभावित हुन सक्ने सुझाव दिएको छ । उडान परिवर्तनबाट प्रभावित यात्रुलाई वैकल्पिक उडानमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ ।

एयर इन्डियाले अवस्थास्थिर भएपछि पुनः उडान नियमित गर्ने योजनासहित यो निर्णय गरेको जनाएको छ । यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नईलगायत भारतीय सहरबाट शिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने उडान जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..