10/08/2026, 09:30:59
बिहिबार, असोज २२, २०८३

संसद् बैठक नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत


काठमाडौँ, जेठ ४ गते । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ । सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि धारणा राख्नुभएपछि सभामुख डोलप्रसाद अर्यालले बैठकमा सोमबार स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुभएको थियो ।

सोअघि मस्यौदा समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले संसद् नियमावलीमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिनिधिसभा बैठकलाई मर्यादित र अनुशासित बनाउने दस्तावेज नियमावली भएकाले त्यसको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा बैठकमा आज नियमावली मस्यौदामाथि उठेको जिज्ञासामाथि जवाफ दिनुहुँदै उहाँले जिज्ञासाले नियमावली थप परिस्कृत गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसदहरूको रचनात्मक सुझावले नियमावली थप परिस्कृत बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । नियमावलीमाथि धारणा राख्नुहुने सबै सांसदहरूलाई धन्यवाद व्यक्त गर्दै उहाँले थप सुझावको आशा व्यक्त गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..