काठमाडौँ, जेठ ४ गते । इजरायल सरकारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी नेपालबाट थप दुई हजार तीन सय सहायक श्रमिक (केयरगिभर) लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जिटुजी प्रक्रियामार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक भर्ना गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
इजरायलको जेरुसेलमस्थित जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गत माघ महिनामै नयाँ कोटा पठाएको थियो । नेपालमा प्रतिनिधि सभाको निर्वाचन र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनोट प्रक्रिया ‘होल्ड’ मा राखिएको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार पिवाले मागपत्र पठाएको ४० दिनभित्र नयाँ श्रमिक छनोटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्ने हुन्छ ।
विभागका महानिर्देशक मीरा आचार्यले पिवाबाट नयाँ मागपत्र प्राप्त भइसकेको र श्रम सम्झौता अनुसार यही सातामा सूचना जारी गरिने जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलमा नयाँ श्रमिक छनोटका लागि सूचना जारी गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयबाट निर्देशन प्राप्त भइसकेको छ ।


इजरायलले २०८१ सालमा नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी तीन हजार २६२ केयरगिभर लैजान सूचीकृत गरेकामा लक्की ड्र गरी दुई हजार ११२ जनालाई छनोट गरेको थियो । त्यसमध्ये एक हजार नौ जना इजरायल पुगिसकेका छन् । लक्की ड्रमा नपरेर प्रतिक्षामा बसेका एक हजार १५४ जनाले पुनः लक्की ड्रमा सहभागी हुन पाउने छन् । विपाले तोकिएको अङ्ग्रेजी भाषा परीक्षामा उत्तीर्ण हुनुपर्ने छ ।
नेपाल र इजरायलबिच भएको सम्झौता अनुसार सरकारी संयन्त्र (जिटुजी) मार्फत नै फेरि थप नेपाली केयरगिभर पठाउने प्रक्रिया अगाडि बढेको हो । इजरायलले सन् २०२२ को अगस्तदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयरगिभर लैजान थालेको हो । पहिलो चरणमा छानिएका कियरगिभर गइसकेपछि २०८१ असार ११ गतेबाट दोस्रो चरणको भर्ना प्रक्रिया अगाडि बढाएको थियो ।


इजरायल जाने श्रमिक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो-सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिमप्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधान छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































