

काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ उपत्यकामा बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अनियन्त्रित तथा सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत सरकारद्वारा दोस्रो चरणको हटाउने कार्य अघि बढाइएको छ।
यसैक्रममा काठमाडौँको शंखमूल क्षेत्रमा रहेका अस्थायी संरचना र अव्यवस्थित बस्ती क्षेत्रमा डोजर प्रयोग गरी हटाउने प्रक्रिया सुरु गरिएको छ।
सम्बन्धित निकायहरूले उक्त क्षेत्रलाई नदी किनार अतिक्रमण नियन्त्रण तथा सार्वजनिक जग्गा व्यवस्थापन अभियानको हिस्साका रूपमा कारबाही अघि बढाएको जनाएका छन्।
सरकारी योजना अनुसार उपत्यकाभित्र नदी किनार क्षेत्रमा फैलिएका यस्ता बस्तीहरूलाई क्रमशः व्यवस्थापन तथा खाली गराउने कार्य जारी छ। सोही अभियानअन्तर्गत आजै बल्खु र माछापोखरी आसपासका क्षेत्रमा पनि संरचना हटाउने तथा जमिन खाली गराउने काम भइरहेको छ।
अधिकारीहरूका अनुसार उपत्यकाका नदी प्रणाली आसपासका सार्वजनिक क्षेत्रको संरक्षण तथा अव्यवस्थित बसोबास नियन्त्रणलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा कार्यान्वयन अघि बढाइएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































