

काठमाडौँ, वैशाख १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताउनुभएको छ ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जबज नेपालको कम्युनिस्ट आन्दोलनलाई सङ्गठित र सशक्त ढङ्गले अघि बढाएको जिकिर गर्नुभएको हो । आफ्ना पति मदनलाई दूरदृष्टि भएको नेताको रूपमा स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले राजनीतिक तथा वैचारिक हिसाबले जीवन्तता पाएको दाबी समेत गर्नुभयो ।
उहाँले मदन भण्डारीको दर्शनलाई एमालेले सबै कमिटीमार्फत देशव्यापी रूपमा अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो। मुलुकको समृद्धि र राष्ट्रिय एकताका लागि पनि एमालेले सो विचारलाई सबै कमिटीमार्फत अघि बढाउन आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो ।
उहाँले भन्नुभयो, “म उहाँलाई स्मरण गर्न चाहन्छु कि उहाँलाई हामीले भौतिक रूपमा गुमाएको करिब ३० वर्ष बढी भइसकेको छ । तर पनि भावनात्मक रूपमा आत्मीय हिसाबले वैचारिक हिसाबले र राजनीतिक हिसाबले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनुभएको छ । नेपाली समाजमा उहाँ जीवन्त हुनुहुन्छ । उहाँ एउटा राष्ट्रवादी नेता हो । र, दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढङ्गले सङ्गठित र सशक्त ढङ्गले अघि बढेको छ भन्ने कुरा पनि म यहाँलाई राख्न चाहन्छु ।
आज राखेको जुन विषय छ । अलि भेग नै जस्तो देखिन्छ । बहुदलीय प्रणाली त्यहाँ बहुदलीय जनवाद भनिएको छैन । सामाजिक सदभाव र राष्ट्रिय एकता फेरि सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भनेर निकै भेगको विषय छ । संसारमा धेरै दर्शन चलेका छन । धेरै देशले विभिन्न दर्शनलाई अनुशरण गरिरहेका बेलामा मलाई लाग्छ, यो व्यवस्थापन समितिले पनि जनताको बहुदलीय जनवादमा आधारित रहेर सन्दर्भ जननेताको जन्मजयन्ति रह्यो ।
जबजकै आधारमा सामाजिक एकता, सदभाव र राष्ट्र निर्माण समग्र एउटा कुरालाई हेरेर विषय बनाएर प्रस्तोतालाई विषय दिएजस्तो मलाई लाग्छ । त्यसैले विषय अहिलेको समसामयिक सन्दर्भमा निकै महत्त्वपूर्ण छ । आज देश जुन गतिमा गइरहेको छ । हामीले यी विषयलाई हेरेर अब राम्रोसँग अध्ययन गरेर हाम्रो देशको आवश्यकता अनुसार हामी अघि बढ्नुपर्ने हुन्छ ।”
पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यकतालाई सम्बोधन हुने गरी जबजलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































