04/24/2026, 14:39:14
शुक्रबार, बैशाख ११, २०८३

थापाथली क्षेत्रको बस्ती आसपास निगरानी बढाउन सिसिटिभी जडान सुरु


काठमाडौँ,  वैशाख ११  गते । प्रहरीले थापाथलीस्थित सुकुमवासी बस्ती आसपासका क्षेत्रमा सुरक्षा निगरानी सुदृढ बनाउन सिसिटिभी क्यामेरा जडान कार्य प्रारम्भ गरेको छ।

बस्ती नजिकको सडक किनारमा रहेका विद्युत् पोलहरूमा क्यामेरा राख्ने काम अघि बढाइएको जनाइएको छ।

 

प्रहरीका अनुसार सार्वजनिक सुरक्षा व्यवस्थापन, गतिविधिको निगरानी तथा आवश्यक अवस्थामा प्रमाण संकलनलाई प्रभावकारी बनाउन उक्त व्यवस्था विस्तार गरिएको हो।

काठमाडौँ प्रहरी परिसरले यो कार्य नियमित सुरक्षा व्यवस्थापन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..