04/18/2026, 15:19:39
शनिबार, बैशाख ०५, २०८३

संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानी घोषणाको स्वागत


न्यूयोर्क, वैशाख, ५ गते । संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानी घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजका लागि हार्मुज जलक्षेत्र पूर्णरूपमा खुल्ने छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गर्दै होर्मुज खोल्ने घोषणा सही कदम भन्दै यसको स्वागत गर्नु भएको छ । उहाँले संयुक्त राष्ट्र सङ्घको अडान स्पष्ट रहेको बताउँदै होर्मुजमा अन्तर्राष्ट्रिय जहाजको अधिकार र स्वतन्त्रता लगायतका सबै पक्ष पूर्णरूपमा पुनस्थापित र सम्मान गर्नु पर्ने बताउनुभएको छ ।

उहाँले यी युद्धविरामको आशा व्यक्त गर्दे यो कदमले द्वन्द्वरथ पक्षबिच विश्वास निर्माण गर्न र पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामको लागि जारी वार्तालाई बलियो बनाउन योगदान पुग्ने बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घका प्रवक्ता स्टेफेन डुजारिकले मध्य पूर्वमा हालको द्वन्द्व समाधान गर्न शान्तिपूर्ण बाटो खोज्ने कूटनीतिक प्रयासलाई पूर्णरूपमा समर्थन गर्ने महासचिवको प्रतिबद्धता पुष्टि गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हघि नै व्यावसायिक ढुवानीको लागि हार्मुज पूर्णरूपमा खोल्ने इरानी घोषणाको स्वागत गरेको घोषणा गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..