काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुर, धुलिखेल र बन्दिपुरमा १२ करोड ७५ लाख रुपैयाँ बराबरका ४ वटा घर रहेका छन् । त्यस्तै, गोरखा र तनहुँमा ११ रोपनी बराबर १३ लाख ५० हजार रुपैयाँका जग्गा रहेका छन् ।
त्यस्तै उनीसँग पारिवारिक तथा रोजगारीबाट जोडेका ४५ तोला सुन र बैंक खातामा श्रीमतीको आय एवं सापटीसहित १९० लाख मौज्दात रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
