04/13/2026, 10:16:27
सोमबार, चैत ३०, २०८२

गृहमन्त्री गुरुङको सम्पत्ति : २६० रोपनी जमिन, ८९ तोला सुन र ६ किलो चाँदी


काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले विवरणमा खुलाएका छन् ।

त्यस्तै बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन रहेको छ । त्यस्तै हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन रहेको छ । त्यस्तै मन्त्री गुरुङकै नाममा ८९ तोला सुन र चाँदी ६ किलो रहेको छ । त्यस्तै विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको छ ।

त्यस्तै होप होल्डिङ्ग्स प्रा.लि.मा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रा.लि. ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै एडभेन्चर भिल्ला प्रा.लि.को नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको सेयर रहेको छ ।

त्यस्तै गृहमन्त्री गुरुङको नाममा ४८ लाख रुपैयाँ बराबरको एमजी-एस फाइभ कारसमेत रहेको छ ।