04/09/2026, 14:10:22
बिहिबार, चैत २६, २०८२

पक्राउ परेको १३औँ दिनमा रिहा भए ओली र लेखक


काठमाडौँ, चैत २६ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ परेका उनीहरूलाई बिहीबार प्रहरीले परिवारको जिम्मा लगाएर रिहा गरेको हो ।

उनीहरू १४ चैतमा आ–आफ्नो निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो । लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।

उनीहरूविरुद्ध अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..