04/07/2026, 18:59:53
मङ्गलबार, चैत २४, २०८२

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुस रकमसहित पक्राउ


काठमाडौँ, चैत २४ गते । सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगले टोलीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बाट नियन्त्रणमा लिइ उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।