04/07/2026, 03:29:08
सोमबार, चैत २३, २०८२

प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत


काठमाडौँ, चैत २३ गते  । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएको छ ।

सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।

 

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराएका थिए ।

बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते मंगलबार अपराह्न १:०० बजे बस्नेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..