मकवानपुर, चैत १४ गते । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६, एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
काठमाडाैँ हेटौँडाका लागि आउँदै गरेको बा ३ ख ७८७६ नं.को हाइस गाडी शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
चालकसहित १० जना सवार रहेकोमा तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाइएको उहाँले बताउनुभयो । घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा न.पा ११ गाईघाटका वर्ष ८६ का गोरे राई, ६२ वर्षीया हर्क माया राई र त्रियुगा न.पा १० गाईघाटका वर्ष ३५÷४० शम्भु कटुवाल रहनुभएको छ ।
गोरे राई गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडको टायरले कुल्चिएर टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा घाइते हुनुभएकी हर्क मायाको निधार र दाहिने हातमा चोट लागेको तथा कटुवालको टाउकोमा चोट लागेको र दुवैको अवस्था मध्यम रहेको छ ।
उक्त गाडीमा सवार बाँकी यात्रु आफूखुसी उपचारको लागि गएको र हाईस चालक हाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा दुर्घटना भएको हाइस गाडी ।

– राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
