04/08/2026, 15:41:54
बुधबार, चैत २५, २०८२

प्रधानमन्त्री कार्की जुम्लामा


जुम्ला, चैत ५ गते । प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा जुम्ला आउनु  भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार उहाँ रारातालको अवलोकन सँगै जुम्ला आउनु भएको जानकारी दिनुभयो । स्रोतका अनुसार प्रधानमन्त्रीको औपचारिक कार्यक्रम कुनै नभए पनि रारा भ्रमण पछि प्रधानमन्त्री कार्की एक दिन जुम्लामा बास बसेर भोलि बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।

उहाँ मुगुबाट जुम्लाको नम्बर २४ बाहिनीमा आउनु भएको र यही बास बस्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले जुम्लाको चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..