04/08/2026, 06:48:42
बुधबार, चैत २५, २०८२

मनकामना माइक्रो बस दुर्घटनाका घाइते जोखिममुक्त


चितवन, चैत १ गते । गोरखाको सहिदलखन गाउँपालिका-३ कानटारमा शनिबार भएको माइक्रो बस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

दुर्घटनाका नौ जना घाइतेलाई गए राति नै यहाँ ल्याइएको थियो ।

 

अस्पतालका चिकित्सक डा.सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् ।

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा  सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो ।

सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..