04/07/2026, 23:07:12
मङ्गलबार, चैत २४, २०८२

समानुपातिकको मतगणना जारी, ८४ लाख २५ हजार ६६६ गणना


काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४लाख २५ हजार ६६६ मतगणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ७२ हजार ५०० मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली काँग्रेसले १३ लाख ६६ हजार ६२७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५५ हजार ४२९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९५ हजार ५१०, श्रम संस्कृति पार्टीले दुई लाख ९४ हजार १६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७८ हजार ०६८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..