04/07/2026, 05:55:08
मङ्गलबार, चैत २४, २०८२

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल


काठमाडौँ, पुस २५ : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका हुन् । सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गरे ।

त्यस्तै जेन-जी आन्दोलन सुशासन कायमका लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध रहेको पनि उनको भनाइ छ ।