धनगढी, मङ्सिर २४ : कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार नेपालमा हिउँदको अवधि मङ्सिर १५ देखि फागुन १६ गतेसम्म रहने गरेको छ । यो अवधिको पुस, माघ महिनामा शीतलहर चल्ने गरेको जनाइएको छ ।
लगातार तीन दिनसम्म १० डिग्रीभन्दा कम तापक्रम भएमा शीतलहर चल्ने गरेको मौसमविद् अखिलेश चौरसियाले एक कार्यक्रममा बताउनुभयो । उहाँले तापक्रमको गिरावट र प्रदूषणको कारणले शीतलहर हुने गरेको उल्लेख गर्नुभयो । “जति नै बढी प्रदूषण त्यति नै बढी शीतलहर हुन्छ”, मौसमविद् चौरसियाले भन्नुभयो, “यो प्रदेशमा भारतको उद्योग, कलकारखानाहरु रहेका उत्तर प्रदेश, दिल्ली, हरियाणा नजिक पर्ने गरेका कारण त्यहाँको प्रदूषणको कारण तराईमा शीतलहर हुने गरेको छ ।”

मौसमविद्का अनुसार इन्डो (सिन्धु–गङ्गाको समतल मैदान) कुहिरो लाग्ने सबभन्दा कमजोर इलाका हो । सात लाख वर्गकिलोमिटरमा फैलिएको यो मैदानमा कृषि उत्पादन, उद्योग, निर्माण कार्य बढी हुने कारणले कुहिरो लाग्ने गरेको छ । यो क्षेत्रलाई प्रदूषणको हिसाबले अति संवेदनशील मान्ने गरेको बताइएको छ ।








– अविनाश चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
