04/08/2026, 00:22:56
मङ्गलबार, चैत २४, २०८२

डुबानपछि बल्खुको तरकारी बजार


काठमाडौँ, असोज १९ : अविरल वर्षासँगैको बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तै काठमाडौँमा अवस्थित बल्खुमा रहेको तरकारी बजार पनि डुबानको मारमा परेको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण बल्खु तरकारी बजार पनि डुबानमा परेको थियो । बल्खुस्थित वाग्मती किनारमा रहेको  तरकारी बजारमा शनिबार  आएको बाढीका कारण डुबानमा परेको हो । काठमाडौं उपत्यकामा बर्षात रोकिएपछि अहिले डुबानमा परेको तरकारी बजारलाई  सरसफाई गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अविरल बर्षाका कारण आएको बाढीले बजारमा हिलो र लेदोले भरिएको छ । लेदो सफा गर्न दिनभरि नै लाग्न सक्ने व्यापारीहरू बताएका छन् । अहिले लेदो हटाउने र सरसफाई गर्ने काम भइरहेको छ ।

तरकारी बजारको अधिकांश भाग डुबानमा परेको थियो । डुबानमा नपरेको केही भागमा हाल तरकारी व्यापार भइरहेको छ । काठमाडौं उपत्यकामा भारी वर्षाका कारण  यहाँका नदीमा पानीको बहाव उच्च छ । जसको असर नदी किनारमा बस्ने सुकुम्बासी बस्तीसँगै बल्खुकाे तरकारी बजारमा समेत असर पर्न जान्छ । बल्खु तरकारी बजार प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ ।

– केशब गुरुङ