04/07/2026, 20:33:47
मङ्गलबार, चैत २४, २०८२

पुलिस क्लबमा सर्‍यो उपत्यका प्रहरी कार्यालय


काठमाडौँ । जेन जेड आन्दोलनमा भएको आगजनीबाट पूर्ण रूपमा क्षति भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले पुलिस क्लबमा सरेको छ ।

उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर भक्तपुरको कमाण्ड गर्ने र अपराध अनुसन्धान कार्यालय टेकुको कमाण्ड गर्ने यो कार्यालय अहिले पुलिस क्लब भृकुटीमण्डपबाट सञ्चालन गरिएको हो ।

तोडफोड र आगजनीबाट पूर्ण क्षति भएपछि अहिले पुलिस क्लबबाट कार्यालय सञ्चालन गरिएको बताइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..