04/07/2026, 07:25:40
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : अश्वानिको शानदार डेब्यु संगै मुम्बईको पहिलो जित


काठमाडौँ, १९ चैतः इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । मुम्बईको लागि रायन रिकेलटनले अविजित रहदैँ सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍याे । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुुन् ।

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेंकटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एक/एक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् ।

दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक/एक विकेट लिए ।


कोलकाता नाइट राइडर्स बिरुद्ध मुंबई इंडियन्स

प्लेयर अफ द म्याच : अश्विनी कुमार(मुंबई इंडियन्स)


कोलकाता नाइट राइडर्स इनिङ्स (२० ओभर अधिकतम)

ब्याट्सम्यान रन बल मिनेट चौका छक्का स्ट्राइक रेट
क्विन्टन डि कक † c अश्वनी कुमार b चहर 1 3 6 0 0 33.33
सुनील नरैन b बोल्ट 0 2 3 0 0 0.00
अजिंक्य रहाणे (c) c तिलक वर्मा b अश्वनी कुमार 11 7 13 1 1 157.14
अंगकृष रघुवंशी c नमन धीर b पंड्या 26 16 28 3 1 162.50
वेंकटेश अय्यर c †रिकेल्टन b चहर 3 9 12 0 0 33.33
रिंकू सिंह c नमन धीर b अश्वनी कुमार 17 14 21 1 1 121.42
मनीष पांडे b अश्वनी कुमार 19 14 17 2 1 135.71
आंद्रे रसेल b अश्वनी कुमार 5 11 12 1 0 45.45
रमनदीप सिंह c पंड्या b सैंटनर 22 12 27 1 2 183.33
हर्षित राणा c नमन धीर b पुथुर 4 8 8 0 0 50.00
स्पेंसर जॉनसन not out 1 3 10 0 0 33.33
योगदान ११६ (१६.२ ओभर, रन रेट: ७.१०)
बलर ओभर मेडन रन विकेट इकोनोमी डट बल ४s ६s वाइड नो बल
ट्रेंट बोल्ट 4 0 23 1 5.75 14 0 2 0 0
दीपक चहर 2 0 19 2 9.50 6 4 0 1 0
अश्वनी कुमार 3 0 24 4 8.00 10 3 1 1 1
हार्दिक पंड्या 2 0 10 1 5.00 6 1 0 0 0
विग्नेश पुथुर 2 0 21 1 10.50 4 1 2 0 0
मिचेल सैंटनर 3.2 0 17 1 5.10 12 0 1 1 0

मुंबई इंडियन्स इनिङ्स (लक्ष्य: ११७ रन २० ओभरमा)

ब्याट्सम्यान रन बल मिनेट चौका छक्का स्ट्राइक रेट
रोहित शर्मा c हर्षित राणा b रसेल 13 12 28 0 1 108.33
रायन रिकेल्टन † not out 62 41 60 4 5 151.21
विल जैक्स c रहाणे b रसेल 16 17 22 0 1 94.11
सूर्यकुमार यादव not out 27 9 9 3 2 300.00
योगदान १२१/२ (१२.५ ओभर, रन रेट: ९.४२)
बलर ओभर मेडन रन विकेट इकोनोमी ० बल वाइड नो बल
स्पेंसर जॉनसन 2 0 14 0 7.00 7 1 1 0 0
हर्षित राणा 2 0 28 0 14.00 5 2 2 1 1
वरुण चक्रवर्ती 3 0 12 0 4.00 9 1 0 0 0
आंद्रे रसेल 2.5 0 35 2 12.35 4 2 3 0 1
सुनील नरैन 3 0 32 0 10.66 5 1 3 0 0