हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कालीगण्डकी नदीमाथि जोखिम मोलेर काठेपुल तर्दै स्थानीयवासी। यस भेगका करिब आधादर्जन बढी गाउँका स्थानीय यहाँ पक्कीपुल नबन्दा दशकौंदेखि साँघु तर्न बाध्य छन्
Click on Photo to Enlarge
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गर्दै स्थानीयहरु । यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ
Click on Photo to Enlarge
कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेसमा छ सय भन्दा बढी घरधुरी छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित कालीगण्डकी नदी किनारबाट देखिएको जोमसोम बजार र पृष्ठभूमिमा निलगिरि हिमाल
Click on Photo to Enlarge
मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमश्रृङ्खला
Click on Photo to Enlarge
बेनी–जोमसोम कोरोला सडक खण्डमा पर्ने पर्यटकीयस्थल रुप्से झरनामा निर्माण भएको बेलिब्रिज र रुप्से झरनाको सुन्दर दृश्य
Click on Photo to Enlarge
जिल्ला विपद् व्यवस्थापन समिति अछामको आयोजनामा २७औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा भुकम्पसम्बन्धी सन्देश मुलक देउडा ( न्याउले) प्रतियोगितामा प्रतिभा प्रस्तुत गर्दै मङ्गलसेन नगरपालिका विभिन्न वडाका महिलाहरु
Click on Photo to Enlarge
२७औँ भुकम्प सुरक्षा दिवसका अवसरमा महोत्तरीको जलेश्वर नगरपालिका–२ मा भुकम्पको समयमा गरिने सुरक्षा तथा उद्धार कार्यको नमुना अभ्यास गर्दै सुरक्षाकर्मी
Click on Photo to Enlarge
म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटकहरु । बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलालाई लक्षित गरेर कालीपुलमा रहेको होटलको अगुवाइमा कालीगण्डकीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ