सङ्खुवासभाको मकालु गाउँपालिकाबाट देखिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड र अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल
Click on Photo to Enlarge
सङ्खुवासभाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड
Click on Photo to Enlarge
काठमाडौँ शंखरापुर नगरपालिका–७ स्थित साँखुमा मङ्गलबार माधव नारायणको दर्शन गर्न तथा शालिनदी मेला भर्न आएका भक्तजन
Click on Photo to Enlarge
हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ । विशेषगरी सातु बिरामीलाई सुप ‘खु’ बनाएर खुवाउँदा चाँडो निको हुने जनविश्वास छ
Click on Photo to Enlarge
बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँलालिका-४ घासा नजिकैको सडक स्तरोन्नति गरिँदै । वि.सं. २०७३ चैत्र १ गते सडक निर्माणको ठेक्का पाएपनि निर्माण कम्पनीले पटकपटक म्याद थप्दा निर्माणमा ढिलाइ भएको छ
Click on Photo to Enlarge
भक्तपुर कुमालेटोलमा परालको डोरी सुकुल बुन्दै एक वृद्ध । स्थानीयस्तरमा उत्पादन गरिएको सुकुल परम्परागत नेवारी भोजका खुवाउने होटर र पार्टी प्यालेसमा पठाइन्छ
Click on Photo to Enlarge
दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा अवस्थित करिब ७ बिघा क्षेत्रफलमा फैलिएको जखेराताल
Click on Photo to Enlarge
बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्कस्थित ‘भ्यूटावर’ र आसपासको क्षेत्र । लिफ्टसहितको सुविधा सम्पन्न यो भ्यूटावर दश तलाको छ
Click on Photo to Enlarge
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर । इस १११४ सालमा धान कुट्ने ओखलबाट उत्पति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रुपमा देश विदेशमा प्रसिद्ध छ । त्यतिमात्र नभई मन्दिर जन्माउने मन्दिरको रुपमा समेत परिचित रहेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिङ्गे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ