काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूपमा परेवासँग रमाउँदै बालक
Click on Photo to Enlarge
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो गाउँ । यहाँ आकाशमा बादल देखिनबित्तिकै हिमपात हुने गर्दछ
Click on Photo to Enlarge
बेनीमा आइतबारदेखि सुरु भएको आठौँ म्याग्दी महोत्सवको उद्घाटन समारोहमा निकालिएको पदयात्रामा थाली नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । थाली नाच म्याग्दीको मौलिक संस्कृति मानिन्छ
Click on Photo to Enlarge
हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पूर्खाले परम्परादेखि नै ल्याएको चलन हो । स्थानीय बुद्धिजीवीका अनुसार घरको प्रत्येक छानाको डिलमा दाउरा मिलाएर राख्दा घर बलियो हुनुका साथै वर्षात् हुँदा पानी चुहिने सम्भावना धेरै कम हुन्छ
Click on Photo to Enlarge
सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित भेरी नदीबाट बालुवा निकालेर ट्याक्टरमा लोड गर्दै स्थानीय महिलाहरु । विगतमा डोजरको प्रयोग गरेर ढुङ्गा निकाल्ने गरेकामा आजभोलि डोजरको प्रयोगमा रोक लगाएपछि स्थानीयहरुले रोजगारी पाएको यहाँका स्थानीयहरु बताउँछन्
Click on Photo to Enlarge
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थान गोरखाको तल्लो दरबार। हाल यसलाई गोरखा सङ्ग्रहालय बनाईएको छ । गोरखा दरबारलाई माथिल्लो र यस दरबालाई तल्लो दरबार भन्ने गरिन्छ
Click on Photo to Enlarge
चितवनको भरतपुर महानगरपालिका–१५स्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला । विसं २०८१ मङ्सिरसम्म १३ प्रतिशत काम सकिएको रङ्गशालाको हाल द्रुतगतिका साथ काम भइरहेको छ । लामो समय अलपत्रमा परेको रङ्गशाला भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारको सहकार्यमा धमाधम निर्माण भइरहेको छ
Click on Photo to Enlarge
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी–१ दुम्कीवासमा शुक्रबार साँझ भाँचिएको पुल । पुल भाँचिएपछि अहिले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ
Click on Photo to Enlarge
भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठका अवसरमा यहाँ आज शनिबार आयोजना गरिने दीपोत्सवका लागि सरसफाइ गरिएको जानकी मन्दिर
Click on Photo to Enlarge
ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डको ग्वार्को चोकमा १७ करोड ३७ लाख रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण कार्यलाई तीव्रता दिइएको हो