08/21/2026, 21:16:34
शुक्रबार, भदौ ०५, २०८३

राष्ट्रियसभाद्वारा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


काठमाडौं, भदौ ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।

प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै विधेयकमाथि थप दफावार छलफल र प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। राष्ट्रियसभाको अर्को बैठक यही भदौ ९ गते मङ्गलबार बिहान १०:१५ बजे बस्ने गरी स्थगित भएको छ।