

ललितपुर, साउन २६ गते । ललितपुरको बी.पी. नगरस्थित सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मङ्गलबार ४० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा व्यक्त गरेका छन्। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि सुरु भएको यस बैठकमा नेताहरूले समसामयिक राजनीतिक स्थिति र पार्टीको आन्तरिक सुदृढीकरणबारे गहन विचार प्रस्तुत गर्नुभयो।
बैठकले नेपाली तथा मैथिली भाषा-साहित्यका वरिष्ठ अध्येता एवं स्रष्टा प्रा.डा. राजेन्द्रप्रसाद विमलको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा डा. विमलले पुर्याउनुभएको अमूल्य योगदानको उच्च सम्मान गर्दै कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
केन्द्रीय सदस्यहरूको बोल्ने क्रम अझै जारी रहेकाले कार्यसमितिको अगलाे बैठक भोलि साउन २७ गते बुधबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ। मङ्गलबारको बैठकमा केन्द्रीय सदस्यहरूका साथै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका नेताहरूले धारणा राख्नुभएको जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























