07/31/2026, 00:06:29
बिहिबार, साउन १४, २०८३

अमेरिकामा सुरक्षा चिन्ताका कारण विदेशी रोबोट तथा इन्भर्टरको आयातमा रोक


वासिङ्टन, साउन १३ गते । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसीलाई अवैद कार्यका लागी सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्छ भन्ने चिन्तालाई उद्धृत गर्दै आयातमा रोक लगाएको जनाइएको छ ।

अमेरिकी फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) द्वारा घोषणा गरिएको नयाँ प्रतिवन्दीत उपायले आयातित ड्रोन र तार रहित राउटरलाई लक्षित गर्ने हालैका कार्य पछ्याउँदै विदेशी प्रविधिमा प्रतिबन्ध कडा पार्ने ट्रम्प प्रशासनको प्रयास विस्तार गरेको जनाइएको छ । घोषणा अनुसारका प्रतिबन्धले उन्नत मोबाइल रोबोट समावेश गर्दछ, जसले सौर्य ऊर्जा स्थापनालाई बिजुली ग्रिडमा जोडन मद्यत गर्दछ ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई प्रमुख प्राथमिकतासँग मेल खाने र कृतिम बौद्धिकता (एआई) मा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गरी चिनियाँ निर्माताहरूको प्रभुत्व रहेको राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पको नेतृत्व पछ्याउँदै, एफसीसीले अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित गर्न आफ्नो भूमिका जारी राख्ने र समय अनुसार कार्यका साथ, एफसीसीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीसँग आवाश्कता अनुसार समन्यवय गरेको एफसीसीका अध्यक्ष ब्रेन्डन कारले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

ट्रम्प प्रशासनले गरेको अन्तर एजेन्सी समीक्षाले प्रविधिले अमेरिकी आपूर्ति श्रृङ्खलालाई साइबर कमजोरी पर्दाफास गरी अमेरिकीहरूको निगरानीसम्मका जोखिम सिर्जना गर्न सक्ने बताइएको छ । निर्णयको एक भागको रूपमा, एफसीसीले राष्ट्रिय सुरक्षा जोखिमका रूपमा मानिने उपकरण र सेवाको सूची अद्यावधिक गरेको छ । यसले प्रभावित उपकरणको प्राधिकरणलाई रोक्छ र नयाँ निर्दिष्ट उपकरणलाई संयुक्त राज्य अमेरिकामा प्रयोग हुनबाट रोक्ने जनाइएको छ ।

एफसीसीले प्रतिबन्ध उन्नत रोबोट र पावर इन्भर्टरको नयाँ मोडेलमा मात्र लागू हुने प्रष्ट पारेको छ । यसले सञ्चालनमा रहि रहेका अधिकृत मोडेल प्रभावित नहुने पनि जनाएको छ । जसले उपभोक्ता र व्यवसायलाई व्यवस्थित उपकरण प्रयोग गर्न जारी राख्न अनुमति दिन्छ भने खुद्रा विक्रेतालाई पहिले नै स्वीकृति प्राप्त गरिसकेका उत्पादन बेच्न सक्षम बनाउँछ । यी उपायले सङ्घीय सरकारको विद्यमान खरिद वा त्यस्ता उपकरणको प्रयोगलाई पनि असर नगर्ने जनााइएको छ ।

ट्रम्प प्रशासनले विदेशमा निर्मित ड्रोन र तार रहित राउटरका लागि सुरु गरिएको जस्तै छुट प्रक्रिया पनि स्थापना गरेको छ । उन्नत रोबोट र पावर इन्भर्टरका निर्माताले एफसीसी आवेदन प्रक्रियामार्फत नयाँ उत्पादनका लागि सशर्त स्वीकृति लिन सक्ने पनि जनाइएको छ । घोषणाको साथमा जारी गरिएका कागजातमा, एफसीसीले उन्नत रोबोटिक्सले उत्पन्न गरेको सुरक्षा जोखिमको मूल्याङ्कनको विस्तृत विवरण दिएको छ । उन्नत रोबोटिक प्रणालीहरूको सञ्जाल क्षमताले आक्रमणका लागि व्यापक कमजोरी र नयाँ उपाय सिर्जना गरी उन्नत रोबोटिक प्रणालीको तथ्याङ्क र भौतिक सञ्चालनलाई हेरफेर गर्न सक्ने एफसीसीले जनाएको छ ।

विदेशमा उत्पादित उन्नत रोबोटिक उपकरण आपूर्ति श्रृंखला र साइबर सुरक्षामा कमजोरी प्रस्तुत गरी उन्नत रोबोटिक उपकरणले तथ्याङ्क सङ्कलन गरेर घातक व्यक्तीलाई अमेरिकीको सर्वेक्षण गर्न, विदेशी सेवाको क्षमता बढाउने वा रोबोटलाई टाढाबाट कमान्ड गर्न सक्ने आंकलन गरिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..