

काठमाडौँ, असार ३१ गते । उपत्यकामा छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन जाने सेवाग्राहीको भीडभाड घटेको छ। सुरुका दिनमा अतिरिक्त समय र थप कर्मचारी परिचालन गरेर लाइसेन्स वितरण गरेका यातायात कार्यालयहरूले अहिले नियमित सेवामार्फत नै वितरण गरिरहेका छन्।
उपत्यकामा वितरण गर्नुपर्ने करिब १४ लाखमध्ये १० लाखप्रति लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको यातायात व्यवस्था विभागले जनाएको छ।
- एकान्तकुना कार्यालय: वितरणका लागि आएको ५ लाखमध्ये हालसम्म १ लाख १७ हजार वितरण भइसकेको छ। यहाँ दैनिक ५ हजारका दरले लाइसेन्स बाँडिँदै छ।
- चाबहिल कार्यालय: वितरणका लागि प्राप्त १ लाख ८४ हजारमध्ये करिब ६० हजारप्रति लाइसेन्स वितरण भइसकेको छ।
- राधे राधे (भक्तपुर): प्राप्त २ लाख ३८ हजारमध्ये ९० हजार लाइसेन्स वितरण भइसकेको छ।
- ठुलो भर्याङ कार्यालय: नियमिततर्फको ४० हजार लाइसेन्स वितरण भएको छ।
सुरुमा एकैपटक ठुलो संख्यामा लाइसेन्स वितरण गर्दा भीडभाड र व्यवस्थापनमा केही चाप परे पनि अनलाइन प्रणाली र नियमित सेवाका कारण अहिले लाइन बस्नुपर्ने अवस्था नरहेको कार्यालयहरूले जनाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































