

मकवानपुर, असार २९ गते । मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सवारी आवागमनमा रोक लगाएको छ ।
हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ । यस्तै, भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी सडक खण्डमा पनि सोमबार साँझबाट मङ्गलबार बिहानसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको हो ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेकाले सडकखण्डहरू अवरुद्ध भई यातायात प्रभावित भएको छ । उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुको सुरक्षाका लागि आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
सवारी साधन रोकिने स्थानहरू:
- कान्ति लोकपथ (हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर): सोमबार साँझ ५ः०० बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । यो मार्ग भएर जाने सवारी साधनहरूलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ६ स्थित चौघडामा रोकिनेछ ।
- भीमफेदी–सिस्नेरी खण्ड (हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ): सोमबार साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सवारी साधन रोकिएको छ । यो मार्ग भएर जाने सवारी साधनहरूलाई हेटौँडाको चौकीटोलमा रोकिनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























