

काठमाडौँ, असार २४ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको बहुचर्चित प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले निम्न बमोजिमको फैसला सुनाएको हो:
- दोषी ठहर: पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत।
- सफाइ: अदालतमा उपस्थित भएका सात प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन्, जसमा रायमाझीका छोरा सन्दीपसमेत हुनुहुन्छ ।
- सजाय निर्धारण: कसुर ठहर भएका प्रतिवादीको हकमा असार २९ गते सजाय निर्धारण गर्ने पेसी तोक्न आदेश गरिएको छ ।
अदालतले सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा प्रतिवादीहरूलाई दोषी ठहर गरेको हो । २०८० जेठ १० गते दर्ता भएको यस मुद्दामा सरकारले एउटै विषयमा चार वटा फरक फरक क्लस्टरमा मुद्दा हालेको थियो ।
| कसुरको प्रकार | दोषी / मतियार ठहर भएका प्रतिवादीहरू |
| किर्तेमा दोषी | केशवप्रसाद दुलाल, सानु भण्डारी, टेकनाथ रिजाल |
| सङ्गठित अपराधमा दोषी | केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी । |
| सङ्गठित अपराधमा मतियार | बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल । |
| राज्यविरुद्ध र एकीकृत कसुरमा दोषी | केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी । |
| राज्यविरुद्धको कसुरमा मतियार | बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल । |
सफाइ पाउने प्रतिवादीहरू
३० प्रतिवादीमध्ये मुद्दासाथ अदालतमा उपस्थित भएका निम्न ७ जनाले पूर्ण सफाइ पाएका छन्:
- रामशरण केसी
- टङ्ककुमार गुरुङ
- सन्दीप रायमाझी (पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा)
- प्रतीक थापा (पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा)
- लक्ष्मी महर्जन
- केशव तुलाधर
- आशिष बुढाथोकी
मुद्दा मुलतबीमा रहनेहरू
अनुसन्धान र अदालती प्रक्रियाका क्रममा रहेका निम्न प्रतिवादीहरूको मुद्दा मुलतबीमा राखिएको छ:
अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























