जनकपुरधाम, जेठ २२ गते । नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये एक महìवपूर्ण धरोहर मानिने जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन । मधेश प्रदेशको राजधानी तथा प्राचीन मिथिलाको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा लैजान विभिन्न समयमा सरकारी, गैरसरकारी संस्था तथा स्थानीय तहबाट पहल गरिए पनि आवश्यक प्रव्रिmया, अध्ययन तथा समन्वयको अभावका कारण सूचीकृत हुन नसकेको हो ।
नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा समेत रहेको जानकी मन्दिर मिथिला सभ्यता, वास्तुकला र धार्मिक आस्थाको अद्वितीय केन्द्र मानिन्छ । जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत हुन आवश्यक पर्ने विस्तृत अनुसन्धान, संरक्षण योजना, व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।


संस्कृति तथा पुरातìव क्षेत्रका विज्ञका अनुसार जानकी मन्दिरमा धार्मिक महìवसँगै ऐतिहासिक र कलात्मक मूल्य पनि उच्च रहेको छ । उनीहरू विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि दीर्घकालीन संरक्षण रणनीति, प्राविधिक दस्ताबेज तयारी तथा केन्द्र, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँछन् । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार उपमहानगरले संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक नक्साङ्कनको काम सम्पन्न गरी सम्बन्धित पुरातìव विभागलाई हस्तान्तरण गरिसकेको छ । उहाँले यस प्रव्रिmयाले जनकपुरधामको पर्यटन प्रवर्धन, सांस्कृतिक संरक्षण र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।


यस्तै जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान लामो समय प्रयासरत रहनुभएका परराष्ट्रविद् तथा विश्वसम्पदाविज्ञ डा. रामबाबु ढकालका अनुसार विश्वसम्पदा सूचीमा समावेश हुन कुनै पनि सम्पदाले निश्चित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु पर्छ । त्यसका लागि सम्पदाको ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महìवको विस्तृत अध्ययन, संरक्षण योजना, प्राविधिक दस्ताबेज तयारी तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी प्रस्तुति आवश्यक हुन्छ तर जानकी मन्दिरका सन्दर्भमा यी आधारभूत प्रव्रिmया अझै पर्याप्त रूपमा अगाडि बढ्न बाँकी रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विश्वसम्पदा सूचीमा समावेश गर्नुअघि पहिलो चरणमा सम्पदालाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नु पर्छ, जसका लागि मन्त्रीस्तरीय निर्णय आवश्यक हुन्छ । जानकी मन्दिर पहिले नै विश्वसम्पदाको सम्भावित सूचीमा समावेश भइसकेको भए पनि पूर्ण रूपमा सूचीकृत हुन अझ धेरै प्राविधिक तथा प्रशासनिक प्रव्रिmया पूरा गर्न बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो ।


विगतका पहल
मधेशको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक राजधानी जनकपुरधामको पहिचान बनेको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने विषय फेरि चर्चामा आएको छ । कारण हो, आर्थिक वर्ष २०८३÷८४ को बजेटले फेरि एक पटक जानकी मन्दिरलाई विश्वसम्पदाको मान्यता दिलाउने विषयलाई राष्ट्रिय बहसमा ल्याएको छ । आव २०८०÷८१ को नीति तथा कार्यव्रmममा जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने घोषणा गरेपछि जनकपुरधाममा खुसियाली मनाइएको थियो ।
नेपाल सरकारले सन् २००८ मा नै जानकी मन्दिरलाई विश्वसम्पदाका लागि अस्थायी सूचीमा समावेश गरेको थियो । सन् १९११ मा मुगल शैलीमा निर्माण भएको जानकी मन्दिरलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ । धार्मिक विश्वास अनुसार यहाँ रहेका राम–जानकीका प्रतिमाहरू अझ पुराना मानिन्छन् । प्रत्येक वर्ष नेपालसहित भारत र अन्य देशबाट हजारौँ तीर्थयात्री यहाँ आउने गर्छन् । विश्वसम्पदा सूचीमा समावेश भएमा जनकपुरधामको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय पहिचान अझ बढ्ने अपेक्षा स्थानीयस्तरमा गरिएको छ ।


जानकी मन्दिरलाई विश्वसम्पदामा लैजान पहल गर्ने पहिलो सामाजिक संस्था भोरका संयोजक राजकुमार महतोका अनुसार सामाजिक संस्था भोरले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सन् २०१४ देखि नै अभियान सुरु गरेको थियो । त्यस व्रmममा देशव्यापी हस्ताक्षर सङ्कलन, युनेस्को र नेपाल सरकारसमेतलाई दबाब तथा जानकारी गराउने काम गरिएको थियो । महतोका अनुसार यस्ता ‘सौन्दर्यीकरण’ का नाममा भएका हस्तक्षेपले मन्दिरको ऐतिहासिक मूल्य घटाएको छ र यसबारे पुरातìव विभागलाई जानकारी पनि गराइएको थिए ।
उहाँले भन्नुभयो, “अभियानको प्रारम्भिक जिम्मेवारी स्थानीय नेतृत्वलाई हस्तान्तरण गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन र प्रयास अझै निरन्तर जारी छ ।
– लक्ष्मी चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































