06/03/2026, 23:25:10
बुधबार, जेठ २०, २०८३

अमेरिकी गायक पिबो ब्रायसनको निधन


काठमाडौँ, जेठ २० गते । प्रसिद्ध अमेरिकी गायक तथा ग्रामी पुरस्कार विजेता पिबो ब्रायसनको ७५ वर्षको उमेरमा निधन भएको छ।

डिज्नीका धेरै क्लासिक गीतहरूलाई स्वर दिएका यी दिग्गज गायकको निधन परिवारले पुष्टि गरेको हो।

पिबो ब्रायसनले ‘ब्युटी एन्ड द बिस्ट’ र ‘अ होल न्यू वर्ल्ड’ जस्ता विश्व प्रसिद्ध गीतहरू गाएका थिए । उनी आफ्नो शक्तिशाली र भावुक स्वरका कारण विशेष रूपमा परिचित थिए।

पाँच दशकभन्दा लामो सङ्गीत यात्रामा पिबो ब्रायसनले सन १९९२ र १९९३ मा दुई पटक ग्रामी अवार्ड जितेका थिए। पिबोको असाधारण स्वरले पाँच दशकभन्दा बढी समयसम्म जीवनका महत्त्वपूर्ण क्षणहरूलाई सङ्गीतको साथ दिएको उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

परिवारका अनुसार उनको सङ्गीतले प्रेम, खुसी र सम्झनाका क्षणहरूलाई अझ विशेष बनाएको थियो। समाचार अनुसार उनी उपचाररत थिए । उनलाई स्ट्रोक भएकाे बताइएको छ । यद्यपि आधिकारिक रूपमा मृत्युको कारण खुलाइएको छैन।-एजेन्सी


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..