

काठमाडौँ, जेठ ७ गते । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाैं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोल-मोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































