

काठमाडौँ, वैशाख २३ गते । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले शपथ खुवाउनुभएको हो। सभापति थापासँग शपथ ग्रहण गरेलगत्तै उपसभापति शर्माले प्रतिष्ठानका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।


उपसभापति शर्माले मंगलबार मात्रै प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गर्नुभएको थियो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ जनालाई सदस्यमा मनोनीत गरिएको हो।
पार्टीको नीति निर्माण, समसामयिक विषयमा अनुसन्धान र कार्यकर्तालाई प्रशिक्षण दिने मुख्य जिम्मेवारी यस प्रतिष्ठानको रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































