काठमाडौँ, चैत १५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि अस्पतालमा राखिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई २४ घण्टा अस्पतालमा नै चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईँले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गर्ने निर्णय गरिएको छ । भोलिसम्म स्वास्थ्यमा कस्तो सुधार आउँछ हेरेर थप निर्णय गछौँ ।” उहाँको अस्पतालको एनेक्स–१ भवनको बेड नं ५०१ मा चिकित्सकको निगरानीमा उपचाररत रहेको अस्पतालका प्रवक्ता सेडाईँले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार ओलीलाई मुटु ढुकढुकी सम्बन्धी समस्या देखिएपछि चैत १४ गते अस्पतालमा भर्ना गरिएको हो । उहाँ मिर्गौला प्रत्यारोपणपछि हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीसम्बन्धी समस्या बाट पीडित रहेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उहाँको पित्त थैलीमा पनि पत्थरी देखिएकोले चिकित्सकको सल्लाहमा अन्य निर्णय लिइने सेढाईंको भनाइ छ । जेन-जी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि उहाँलाई बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार उहाँकै निवासबाट पक्राउ गरेर केही समय जिल्ला अदालत काठमाडौँमा राखी शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
