काठमाडौँ, पुस २७ : राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा ७ जना उमेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्षका लागि १३ जनाले आवेदन दिएका थिए। सिफारिस समितिले कार्य अनुभव र शैक्षिक योग्यताको मूल्यांकन गरी ७ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरेको छ।
सूचीमा मोरङका जगत कृष्ण पोखरेल, दाङका राजेन्द्रकुमार पोखरेल, अर्घाखाँचीका बावुराम खनाल, तनहुँका रामचन्द्र पाण्डे, ललितपुरका कृष्णप्रसाद आचार्य र स्याङजाका राजेन्द्रप्रसाद चापागाईं परेका छन्।
उनीहरुको अवधारणा पत्र, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अर्न्तवार्ता माघ ८ गते हुने समितिले जनाएको छ।
सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।
अध्यक्ष महाश्रम शर्माको ४ वर्षे कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले नियुक्तिको प्रक्रिया थालेको हो। समितिका पूर्वसचिव देवकुमारी गुरागाईं र त्रिविका प्राध्यापक रामेश्वर अधिकारी सदस्य रहेका छन्।
आवेदकहरुको अवधारणा पत्र, व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण मूल्यांकनसहित अन्तरवार्ताबाट नियुक्तिको सिफारिस गरिने समितिको भनाई छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
