04/08/2026, 22:56:53
बुधबार, चैत २५, २०८२

१०० भन्दा ठूला दरका भारु अब नेपालमा चल्ने


काठमाडौँ, मङ्सिर २९ : अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय भन्दा ठूला दरका भारु नेपालमा पनि चलनचल्तिमा ल्याउने निर्णय गरेको हो ।

भारत सरकारले दुई साता अघि नै नेपाल र भुटानमा सयभन्दा ठूला दरका भारतीय नोट प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन र लैजान अनुमति दिएको थियो । यसकै आधारमा नेपाल सरकारले पनि ती दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको हो ।