काठमाडौँ, १२ फागुनः सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको एउटा नेताले भ्रष्टाचार गर्दा त्यसको आरोप र अपजस सिंगो पार्टी र त्यो पार्टीका सबै नेताहरूलाई दिने कुरा न्यायसंगत नहुने बताएका छन् । उनले अहिलेसम्मका सबै भ्रष्टाचारको छानविन गरी दोषीहरूलाई सजायको दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग गठन गर्न प्रस्ताव गरे ।
आइतबार रोल्पाको लिवाङमा कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे आफूले सत्ता गठबन्धन र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लैजाने बताए ।
उनले भ्रष्टाचारका अनेक प्रकरणमा यो वा त्यो नेतालाई मुछेर सम्बन्धित दल र नेता कार्यकर्ताहरूलाई सधैँ पोलिरहने कुरा व्यवहारिक नभएको बताए । ‘जसले सार्वजनिक पदमा बसेर गल्ती गरेको छ, भ्रष्टाचार गरेको छ, देश र जनतालाई ठगेको छ, उसले सजाय पाउनुपर्छ,’ महामन्त्री थापाले भने, ‘त्यो एक व्यक्तिको कारण ऊ सम्बद्ध दल र सबै नेताहरूलाई पोल्ने कुरा ठिक छैन ।‘
उनले कांग्रेसको एउटा नेताका कारण देशभरिका ८ लाख ६६ सदस्यहरू सबैले भ्रष्टाचारीको आरोप खेपिरहन पर्ने कुरा न्यायसंगत नभएको जिकिर गरे ।
‘देशभरि कांग्रेसका ८ लाख ६६ हजार सदस्यहरू हुनुहुन्छ । तीमध्ये हजारौँ नेता कार्यकर्ताहरू जनप्रतिनिधि हुनुहुन्छ । सयौँ जना सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ । तीमध्ये कोही एक जनाले गल्ती गर्यो, भ्रष्टाचार गर्यो भने त्यो एउटा व्यक्तिले गरेको गलत कामको भारी सिंगो पार्टीले बोक्नुपर्छ भन्ने हुँदैन । कांग्रेसभित्र गलतलाई गलत भन्न पाइन्छ । यदि कानूनले दोषी भन्छ भने ती व्यक्ति जो कोही भएपनि कारबाहीको दायरामा हुनुपर्छ । त्यो कांग्रेस होस् वा कम्युनिष्ट होस्, दोषी हो भने सजायको भागेदार हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘मेरो प्रस्ताव छ- एउटा उच्चस्तरीय आयोग बनाऔँ पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा । त्यसमार्फत् अहिलेसम्म प्रधानमन्त्री, मन्त्रीलगायत सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गरौँ । सबै काण्डहरूको छानविन गरौँ । जो दोषी हो, उसलाई पार्टी नहेरेर यो वा त्यो पार्टी नभनीकन कानूनबमोजिम कारबाही गरौँ ।‘
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्