

धनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान अधिकार, न्याय र जनताको सर्वोच्चता स्थापित गर्ने ऐतिहासिक दस्तावेज रहेको बताउनुभएको छ।
संविधान दिवसको पूर्वसन्ध्यामा शुक्रबार प्रदेश सरकार मातहतका मन्त्रालय तथा सरकारी कार्यालय परिसरमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तनपछि अब नागरिकको अवस्था परिवर्तन गर्ने चरणमा सरकार लागिपरेको बताउनुभयो।
मुख्यमन्त्री भट्टले भौतिक फोहोर सफा गरेजस्तै प्रदेशको बजेटमा देखिएका बेथिति र विकृतिलाई पनि सफा गर्दै नीति, विधि र पद्धतिमा आधारित बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शासन व्यवस्था, नीति र प्रक्रियाको शुद्धीकरण आवश्यक रहेको औँल्याउँदै प्रदेशमा छिट्टै नयाँ बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले हालैको आन्दोलनका क्रममा क्षति पुगेका स्थान तथा कार्यालय परिसरमा जम्मा भएको फोहोर व्यवस्थापनका लागि सर-सफाइ गरिएको बताउनुभयो।
त्यसैगरी, राज्यमन्त्री जानकीदेवी कुँवरले सर-सफाइ स्वच्छता र स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण रहेकाले यस अभियानलाई ग्रामीण क्षेत्रसम्म लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका मुख्य सन्देश तथा विवरण
| विषय / क्षेत्र | मुख्य विवरण |
| संविधानको महत्त्व | जनताको संघर्ष र बलिदानबाट प्राप्त, अधिकार र न्याय स्थापित गर्ने साझा दस्तावेज |
| सुशासन र बजेट | भौतिक फोहोरसँगै बजेटका बेथिति सफा गरी विधि र पद्धतिमा आधारित बजेट ल्याइने |
| सरसफाइको उद्देश्य | हालैका घटना/आन्दोलनबाट क्षति पुगेका सरकारी कार्यालय परिसरको स्वच्छता कायम गर्ने |
| अभियान विस्तार | सर-सफाइ र स्वच्छता अभियानलाई प्रदेशका ग्रामीण क्षेत्रसम्म पुर्याइने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































