09/17/2026, 12:17:29
बिहिबार, असोज ०१, २०८३

सुनचाँदीको मूल्यमा ठूलो गिरावट: सुन दुई हजार ३०० र चाँदी ६० रुपियाँले घट्यो


काठमाडौँ, असोज १ गते । स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोलामा दुई हजार ३०० रुपियाँ र चाँदीको मूल्य प्रति तोलामा ६० रुपियाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रति तोल चार हजार ६२५ रुपियाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपियाँ र सोही परिमाणको चाँदी चार हजार ६८५ रुपियाँमा खरिदबिक्री भएको थियो।

सुनचाँदीको मूल्य विवरण:

धातुअसोज १ (बिहीबार)भदौ ३१ (बुधबार)मूल्य परिवर्तन (घट)
छापावाल सुन (प्रति तोला)रू. २,९९,५००रू. ३,०१,८००रू. २,३००
चाँदी (प्रति तोला)रू. ४,६२५रू. ४,६८५रू. ६०