

सप्तरी, भदौ २८ गते । नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका प्रत्यक्ष सुझाव एवम् गुनासोलाई समेटेर मुलुकको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनुभएको छ।
शिक्षा तथा खेलकुद क्षेत्रको वस्तुस्थिति बुझ्न आइतबार सप्तरीका विभिन्न विद्यालयहरूको अनुगमन गर्दै मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई निरुत्साहित गर्दै सरोकारवालाकै सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिने स्पष्ट पार्नुभयो।
सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालय, बोदेबर्साइनको श्री इश्वरी हिया सुरैत जिलेवी जनता मा.वि., शम्भुनाथको श्री बुद्धिलाल विद्या मुनर नमूना मा.वि.लगायत राजविराज र खडक नगरपालिकाका विभिन्न विद्यालयमा पुगेर मन्त्री पोखरेलले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।
संवादका क्रममा विद्यार्थीहरूले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, व्यवहारिक एवम् जीवनोपयोगी शिक्षा समावेश गर्नुपर्ने, सीप विकासमा जोड दिनुपर्ने र भौतिक तथा प्रविधिगत पूर्वाधारमा सुधार गर्नुपर्ने जस्ता मार्मिक सुझावहरू प्रस्तुत गरेका थिए।
मन्त्री पोखरेलले प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै नयाँ पाठ्यक्रम निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
साथै, शिक्षा तथा खेलकुद क्षेत्रको समग्र सुधारका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेमा उहाँले जोड दिनुभयो। उक्त अनुगमन तथा सुझाव संकलन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीताराम साह, डा. अकिता ठाकुरलगायतका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
| क्र.सं. | विषय / बुँदा | मुख्य विवरण |
| १ | प्रमुख सन्देश | बन्द कोठाबाट नभई विद्यार्थी, शिक्षक र अभिभावकको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरिने। |
| २ | विद्यार्थीका मुख्य माग | विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द, व्यवहारिक एवम् सीपमूलक शिक्षा र प्रविधि तथा भौतिक पूर्वाधार सुधार। |
| ३ | अनुगमन गरिएका क्षेत्र | सप्तरीका तिलाठी, बोदेबर्साइन, शम्भुनाथ, राजविराज र खडक नगरपालिकाका विद्यालयहरू। |
| ४ | सुधारको रणनीति | प्राप्त सुझावका आधारमा नयाँ पाठ्यक्रम निर्माण गर्ने र प्रदेश सरकारसँग समन्वय गरी शिक्षा सुधार गर्ने। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































