

काठमाडौँ, भदौ १७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका छ वटा प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज राति बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
यसैबिच, बिहीबार र शुक्रबार पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सो दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























