काठमाडौँ, भदौ १७ गते । धादिङको कृष्णभीरमा भीषण पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार खसेको पहिरोका कारण राजमार्गको दुवैतर्फको सडक यातायात पूर्ण रूपमा बन्द भएको हो।


त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि सो मार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै प्रभावित भएका छन्।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!































