

काठमाडौं, भदौ १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनका लागि सरकार पूर्ण गम्भीरताका साथ लागिपरेको बताउनुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सोही अनुसार जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले बाढीले पुर्याएको क्षति र पुनःस्थापनाको वर्तमान अवस्थाबारे आम नागरिकलाई तथ्यगत र सही सूचना दिनु सरकारको दायित्व भएको बताउनुभयो। तर, निरन्तर भइरहेको वर्षाका कारण क्षति पुगेका क्षेत्रमा पुनःस्थापना र उद्धार कार्य अघि बढाउन केही व्यवहारिक समस्याहरू सिर्जना भइरहेको उहाँको भनाइ थियो।
सरकारका तर्फबाट भइरहेको व्यवस्थापन तथा बाढीले पुर्याएको क्षतिको एकीन विवरण संकलन र मूल्याङ्कनको काम तीव्रताका साथ भइरहेको छ। मन्त्री श्रेष्ठले सम्पूर्ण तथ्याङ्क संकलन हुनासाथ बाढीको क्षति र राहत सम्बन्धी वास्तविक विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























