

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका आपत्कालीन प्रयास र पछिल्लो वस्तुस्थितिबारे केन्द्रित रहेर दुई नेताबीच छलफल भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार भेटमा बाढी प्रभावित क्षेत्रमा तीव्र पारिएको खोज, उद्धार तथा राहत वितरण कार्यका विषयमा समीक्षा गरिएको छ। साथै विस्थापित नागरिकहरूको अल्पकालीन व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमहरूबारे पनि दुई नेताबीच घनीभूत छलफल भएको छ।
भोटेकोशी बाढीका कारण व्यापक जनधनको क्षति भइरहेका बेला विपद् व्यवस्थापन र राहत पहुँचलाई थप प्रभावकारी बनाउन तथा राजनीतिक दलहरूबीच समन्वय कायम गरी अघि बढ्ने उद्देश्यले यो भेटघाट भएको जनाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























