

काठमाडौँ, भदौ १५ गते । रसुवामा गएको बाढीका कारण नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै विपत्तिको यस घडीमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारको तर्फबाट करिब साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। साथै, उहाँले चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप तीन करोड ६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) बराबरको नगद सहयोगसमेत हस्तान्तरण गर्नुभयो।


राजदूत माओमिङका अनुसार नेपालका लागि घोषित सहायता सामग्रीहरू भित्रिन सुरु भइसकेका छन्। आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र खाद्यान्न काठमाडौँ ल्याइएको छ। चीन सरकारले विपद् पछिको उद्धार, राहत र पुनर्निर्माणमा निरन्तर सहयोग जारी राख्ने जनाएको छ।
यसैबिच, रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका हुँदै स्वदेश फिर्ता ल्याउन पहल भइरहेको जानकारीसमेत राजदूत माओमिङले दिनुभयो। हिमालय क्षेत्रमा आएको यस जल-विपत्ति र प्रलयको सामना दुवै देशले आपसमा मिलेर गर्ने उहाँको भनाइ थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















